छ वटा डिजिटल टिभी कार्यक्रम च्यानलहरूलाई नयाँ प्रसारण फ्रिक्वेन्सीमा सार्ने

हङकङमा सञ्चार सेवाहरूको दीर्घकालीन विकासका लागि, छ वटा डिजिटल टीभी कार्यक्रम च्यानलहरू यो वर्षभित्र नयाँ प्रसारण फ्रिक्वेन्सीहरूमा सर्नेछन् । टीभी दर्शकहरूलाई सम्वन्धित डिजिटल टीभी कार्यक्रम च्यानलहरू नियमित प्राप्त गर्नका लागि तत्काल कदम चाल्न सल्लाह दिइन्छ ।

1 अप्रिल 2021 बाट शुरू हुने गरी, रेडियो टेलिभिजन हङकङको डिजिटल टीभी कार्यक्रम च्यानलहरू "RTHK TV 31", "RTHK TV 32" र "RTHK TV 33", टेलिभजन ब्रोडकास्ट्स लिमिटेडको "Jade 81" र एचके टेलिभिजन इन्टरटेनमेन्ट कम्पनी लिमिटेडको "ViuTVsix 96" र "ViuTV 99" निम्न तालिकाअनुसार नयाँ डिजिटल टेरेस्ट्रियल टेलिभिजन (DTT) फ्रिक्वेन्सी च्यानलहरूमा प्रसारण हुनेछन् –

डिजिटल टीभी कार्यक्रम च्यानलहरू DTT फ्रिक्वेन्सी च्यानलहरू
1 अप्रिलदेखि 30 नोभेम्बर 2021 1 डिसेम्बर 2021 देखि
RTHK TV 31
RTHK TV 32
RTHK TV 33
  • UHF च्यानल 27 (518-526 MHz)
  • UHF च्यानल 62 (798-806 MHz)
  • UHF च्यानल 27 (518-526 MHz)
Jade 81
ViuTVsix 96
ViuTV 99
  • UHF च्यानल 37 (598-606 MHz)
  • 470 – 806 MHz ब्याण्डमा 14 DTT फ्रिक्वेन्सी च्यानलहरू
  • UHF च्यानल 37 (598-606 MHz)

यी डिजिटल टीभी कार्यक्रम च्यानलहरूको संख्याहरू (अर्थात् 31, 32, 33, 81, 96 र 99) परिवर्तन हुनेछैन । साथै, अन्य डिजिटल टीभी कार्यक्रम च्यानलहरूको प्रसारण फ्रिक्वन्सीहरू (अर्थात् 76, 77, 82, 83, 84 र 85) प्रभावित हुनेछैन ।

सम्वन्धित टीभी कार्यक्रम च्यानलहरूको निरन्तर प्राप्तिको लागि चरणहरू

image 1

यी नयाँ डीटीटी फ्रिक्वेन्सी च्यानलहरूमा प्रसारण भएको टीभी संकेतहरू प्राप्त र वितरण गर्नका लागि 1 अप्रिलदेखि 30 नोभेम्बर 2021 सम्म प्रणालीहरू पुनः कन्फिगर गर्नका लागि निजी आवासिय क्षेत्रहरू, भवनहरू, विभिन्न अनुदानको स्वामित्व योजनाहरूको आवास कोर्टहरू, सार्वजनिक आवास क्षेत्रहरू, इत्यादिका बासिन्दाहरूले उनीहरूको कमन एन्टेना ब्रोडकास्ट डिस्ट्रिब्युसन (CABD) प्रणालीहरू/इनबिल्डिङ कोएक्सियल केवल डिस्ट्रिब्युसन सिस्टम्स (IBCCDS) ("सम्झौताकर्ताहरू") का सम्झौताकर्तालाई संलग्न गराउनका लागि तपाईंको भवन व्यवस्थापन कार्यालयहरू/संगठित मालिकहरू (BMOs/ IOs) वा प्रोपर्टी प्रबन्धकहरूसँग ताकेता गर्नुपर्छ ।

व्यक्तिगत CABD प्रणालीहरू/ IBCCDS, BMOs/ IOs वा अन्यको डिजाइनको आधारमा, प्रोपर्टी प्रबन्धकहरूले बासिन्दा/प्रयोगकर्ताहरूलाई प्रणालीको पुनः कन्फिगुरेसन पुरा गरेपछि उनीहरूको टीभी सेटहरू/डीटीटी रिसिभरहरूमा डिजिटल टीभी कार्यक्रम च्यालहरूको पुनः स्क्यान गर्न सूचना दिनुपर्छ । बासिन्दाहरू/प्रयोगकर्ताहरूले प्रणाली रिकन्फिगुरेसनको प्रगतिको बारेमा उनीहरूको बीएमओहरू/आइओहरू वा अन्य प्रोपर्टी प्रबन्धकहरूलाई सोध्नुपर्छ र आवश्यकताअनुसार पुनः स्क्यान गर्नुपर्छ ।

image 2

गाउँका घरहरू, बंगलाहरू, पुरानो टेनमेन्ट भवनहरू, इत्यादिमा बसिरहेका सहित आफै उपलब्ध गराइएको टीभी एन्टेना प्रयोग गरिरहेका दर्शकहरूले सामान्यतयाः उनीहरूको रिसिभिङ एन्टेना अपग्रेड गर्नुपर्दैन र त्यसले गर्दा कुनै पनि खर्च लाग्नेछैन । यदि उनीहरूले 1 डिसेम्बर 2021 मा वा त्यसपछि उनीहरूको टीभी सेटहरू/डीटीटी रिसिभरहरूमा छ वटा डिजिटल टीभी कार्यक्रम च्यानलहरूमध्ये कुनै पनि प्राप्त गर्न सकेनन् भने, उनीहरूले डिजिटल टीभी कार्यक्रम च्यानलहरू रिस्क्यान मात्र गर्नुपर्छ ।

च्यानल माइग्रेसनको बारेमा विस्तृत जानकारी विषयगत वेबपेजमा भेटाउन सकिन्छ । यदि सर्वसाधारणहरूको टीभीको रिसेप्सनको बारेमा कुनै प्रश्न भएमा, कृपया OFCA को हटलाईनलाई 2961 6333 मा सम्पर्क गर्नुहोस् ।

image 3