| केटी | : | उल्का पिण्डहरू! |
|---|---|---|
| केटा | : | वा उ! |
| केटी | : | यति धेरै…!? |
| केटा | : | पर्खनुहोस्...... |
| केटा र केटी | : | यी त डाटा रोमिङ चार्जिङ विकल्पहरू रहेछन्! |
| केटी | : | कसरी छनौट गर्ने त?! |
| ट्राभल गुरु | : |
विदेश जाँदा पनि सहजताका साथ ढुक्कसँग इन्टरनेट चलाउन चाहनुहुन्छ? चाहनुहुन्छ भने बजारमा धेरै प्रकारका चार्जिङ विकल्पहरू उपलब्ध छन्! यदि तपाईं काम वा घुमघामका लागि बारम्बार विदेश यात्रा गर्नुहुन्छ भने, मासिक डाटा रोमिङ प्लान वा डाटा रोमिङ पास छान्नु राम्रो हुन्छ। यी योजनामा महिनाको आधारमा, दिनको आधारमा वा प्रयोग गरे अनुसार चार्ज लाग्न सक्छन्। |
| सुपरस्क्रिप्ट | : |
मासिक डाटा रोमिङ प्लान डाटा रोमिङ पास |
| ट्राभल गुरु | : | यदि तपाईं चीनको मुख्य भूभाग वा मकाउको बारम्बार यात्रा गर्नुहुन्छ भने, तपाईंको प्लानमा त्यो ठाउँहरूमा डाटा-साझेदारी, निःशुल्क डाटा रोमिङ सुविधा वा 1–कार्ड–2–नम्बर सेवा समावेश छ कि छैन भन्ने जाँच गर्नुहोस्। |
| सुपरस्क्रिप्ट | : |
बहु-क्षेत्र डाटा साझेदारी नि:शुल्क डाटा रोमिङ सुबिधा 1-कार्ड-2-नम्बर |
| ट्राभल गुरु | : |
तपाई कहिलेकाहीँ मात्र यात्रा गर्नुहुन्छ? त्यस अवस्थामा सेवा प्रदायकबाट उपलब्ध प्रिपेड ट्राभल सिम कार्ड उपयुक्त हुन सक्छ। तपाईंलाई आवश्यक पर्ने कुराको लागि मात्र भुक्तानी गर्नुहोस् |
| सुपरस्क्रिप्ट | : |
प्रिपेड ट्राभल सिम कार्ड निर्धारित प्रयोग अवधि र सीमा सहित |
| ट्राभल गुरु | : | तपाईंले जुनसुकै विकल्प रोज्नुभए पनि, सेवाका सर्तहरू ध्यानपूर्वक पढ्नुहोस्। जस्तै: सेवाको विवरण, चार्ज गर्ने तरिका, कभरेज क्षेत्र, र प्रयोग अवधि। |
| सुपरस्क्रिप्ट | : | सेवाका सर्तहरू ध्यानपूर्वक पढ्नुहोस् सेवाको विवरण चार्ज गर्ने तरिका कभरेज क्षेत्र प्रयोग अवधि |
| ट्राभल गुरु | : | गन्तव्य स्थानमा आईपुगेपछि मात्र रोमिङ सेवा सक्रिय गर्नुहोस्। |
| सुपरस्क्रिप्ट | : | आईपुगेपछि मात्र रोमिङ सक्रिय गर्नुहोस् |
| ट्राभल गुरु | : | र, यदि तपाईंको डाटा प्रयोगले माथिल्लो सीमा नाघ्यो भने इन्टरनेट गति कम हुन सक्छ साथै अरु थप शुल्क लाग्न सक्छ भन्ने कुरा पनि ध्यानमा राख्नुहोस्। |
| सुपरस्क्रिप्ट | : | इन्टरनेटको गति घट्न सक्ने र थप शुल्क लाग्न सक्ने सम्भावनाबारे सचेत रहनुहोस् |
| ट्राभल गुरु | : | थप जानकारीका लागि आफ्नो सेवा प्रदायकसँग सम्पर्क गर्नुहोस्। |
| सुपरस्क्रिप्ट | : | रोमिङ मास्टर बन्नुहोस्, विदेशमा हुदाँ पनि सजिलै इन्टरनेट चलाउनुहोस् |