| पुरूष पात्र | : | ए, के जाँच गरिरहेको? |
|---|---|---|
| महिला पात्र | : | मेरो मोवाइलको सेवा सम्झौता चाँडै समाप्त हुँदैछ । अव के गर्ने भनेर विचार गर्दैछु । थ्रीजी वर्णक्रम पनि हालै पुनः जिम्मा दिइएको बुझेको छु । मलाई यसले मोवाइल सेवामा असर गर्ला की नगर्ला भन्ने लागिरहेको छ? |
| पुरूष पात्र | : | त्यो सही हो । थ्रीजी वर्णक्रमको अहिलेको कार्यजिम्मा अक्टोबर २०१६ मा समाप्त हुँदैछ । सञ्चार प्राधिकरणले वर्णक्रमलाई पुनः जिम्मा दिन प्रशासनिक जिम्मा दिन हाइब्रिड र लिलामी तरिका अपनाएको छ । वर्णक्रमको लिलामी पहिले नै पुरा भइसकेको छ । अक्टोबर २०१६ मा वर्णक्रमको भाग परिवर्तन हुने भएपनि, सम्वन्धित अपरेटरहरूलाई वर्णक्रम योजना र संयोजनका लागि पर्याप्त समय हुनेछ । सञ्चार प्राधिकरणको कार्यालयसँग आवश्यकताअनुसार अपरेटरहरूसँग सम्पर्क र सहायता गर्नेछ । त्यसैले, थ्रीजी वर्णक्रमको पुनः कार्यजिम्माद्वारा सेवाको गुणस्तर प्रभावित हुनेछैन । |
| महिला पात्र | : | त्यसको अर्थ मैले मेरो सेवा योजना वा अपरेटर बदल्ने बारे केही चिन्ता लिनुपर्दैन, हैन त? |
| पुरूष पात्र | : | हो, सही हो । तर तपाईंको आवश्यकतालाई पुरा गर्ने फरक फरक सेवा योजनाहरूबीच तुलना गर्नुहोस् । सम्झौतामा हस्ताक्षर गर्नुअघि तपाईंले सबै सम्झौताको शर्त र अवस्थाहरू पढ्न पनि जरूरी छ । तपाईं दुविधामा हुनुहुन्छ भने सोध्न नहिच्किचाउनुहोस्! |
| महिला पात्र | : | बुझें! |